सेयर बजारमा देखियो चुनावी चहलपहल, बैंकमा लगानीकर्ताको आकर्षण



काठमाडौं । स्थानीय तह निर्वाचन नजिकीएसँगै सेयर बजारमा सुधार आउन थालेको छ ।

सोमबार बजारमा दोहोरो अंकको सुधार देखिएको छ । बजार मापन गर्ने सूचक १२.२७ अंकले बढेर परिसूचक २२६८.८४ बिन्दुमा रोकिएको छ ।

यो दिनको कारोबारमा ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि बढेको छ । सेन्सेटिभ इन्डेक्स ३.१२ अंकले बढेर ४३९.४७ बिन्दुमा रोकिएको छ ।

सोमबार २२२ कम्पनीको ३३ लाख २४ हजार ८२२ कित्ता सेयर १ अर्ब ३९ करोड ६ लाख ७ हजार ७०२ रुपैयाँमा किनबेच भएको छ ।

कारोबारमा अधिकांश समूहको उपसूचकमा सुधार आएको छ । बैंकिङ समूहको १४.७६, जलविद्युत १२.५३, माइक्रोफाइनान्स ६०.७५, निर्जीबन बीमा समूहको उपसूचक ५७.०३ अंकले बढेको छ । यस्तै जीवन बीमा ८२.१२, विकास बैंक २०.९१, होटल तथा टुरिजम समूहको उपसूचक २५.८५ अंकले घटेको छ ।

कारोबारमा जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ । माहुलि लघुवित्त वित्तीय संस्था, उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था, आरएसडिसी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् ।


क्लिकमान्डु