अडलट कारोबार नगर्न नेप्सेको निर्देशन



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले अडलट कारोबार नगर्न ब्रोकर कम्पनीलाई निर्देशन दिएको छ ।

नेप्सेले ब्रोकरहरुलाई धितोपत्र कारोबार सञ्चालन विनियमावली २०७५ को विनियम ५ को उपविनियम ३ को उपविनियम १ र २ विपरित सदस्य दलाल व्यवसायीको कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) प्रणालीबाट अनलाइन तथा अफलाईन मार्फत समेत अडलटमा कारोबार नगर्न नगराउन भनेको छ ।

उक्त उपविनियममा ‘कारोबार इकाइ भन्दा कम परिमाणको धितोपत्र अडलट हुनेछ र त्यस्तो धितोपत्रको कारोबारलाई अडलट कारोबार भनिनेछ तर कारोबार इकाइ वा सो भन्दा बढी धितोपत्र भएका धितोपत्रधनिले त्यस्तो धितोपत्रको अडलट बिक्री गर्न पाइने छैन’ भन्ने उल्लेख रहेको छ ।


क्लिकमान्डु