स्थानीय तह निर्वाचनका दिन हवाई उडान बन्द हुने



काठमाडौं । स्थानीय तह निर्वाचनको दिन वैशाख ३० गते आन्तरिक हवाई उडान बन्द हुने भएको छ ।

वायुसेवा संचालक संघका अनुसार निर्वाचन आयोगको २२ गतेको निर्णय अनुसार वैशाख ३० गते
शुक्रबारका दिन आन्तरिक उडान बन्द हुनेछन् ।

आयोगका अनुसार उक्त दिन सबै प्रकारका यातायात बन्द हुने भनेकाले हवाई उडान पनि बन्द हुने भएको हो । त्यसदिन मानवीय उद्धार सहायताउडान एवं सरकारको निर्देशनमा हुने उडान बाहेक अन्य सवारी साधन सञ्चालनमा प्रतिबन्ध लगाइएको छ । जसले गर्दा नियमित आन्तरिक उडानहरु बन्द रहने संघको भनाइ छ ।


क्लिकमान्डु