पुँजीगत लाभकर करिब १० अर्ब उठ्यो



काठमाडौं । सीडीएससीका प्रमुख कार्यकारी अधिकृत (सीइओ) पूर्णप्रसाद आचार्यले पुँजीगत लाभकर गतवर्षभन्दा कम उठ्ने बताएका छन् ।

शुक्रबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको परिपक्व पुँजीबजार सम्मेलनमा उनले गत आर्थिक वर्षमा १४ अर्ब १३ करोड रुपैयाँ पुँजीगत लाभकर उठे पनि चालु आवमा हालसम्म ९ अर्ब ७२ करोड मात्रै उठेको बताए ।

सेयर बजार ओरालो लाग्दा पुँजीगत लाभकरमा पनि कमी भएको उनको भनाइ छ ।


क्लिकमान्डु