सेयर बजारमा नियामकको आँखा लाग्योः महासंघ अध्यक्ष गोल्छा



काठमाडौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सेयर बजारलाई परिपक्व बनाउन गैर आवासीय नेपालीलाई भित्राउनुपर्ने र बजारमा हुने गरेको भित्री कारोबारलाई रोक्नुपर्ने बताएका छन् ।

महासंघले आयोजना गरेको पुँजी बजार सम्मेलनको क्रममा अध्यक्ष गोल्छाले बजारमा अब नयाँ उपकरण बताए ।

‘इन्ट्रा, डे ट्रेडिङ, सट सेल कारोबार गर्ने उपकरण अब बजारमा आवश्यक छ, सेयर बजारमा लगानी गर्नेको संख्या ५१ लाख पुगेको छ,यसमा सबै पक्ष संवेदनशिल बन्नुपर्छ,’उनले भने ।

विदेशी पँुजी भित्राउने आधार आधार पुँजीबजार भएको भएको भन्दै यसमा पनि सबैले सोच्न आवश्यक रहेको बताए ।

अहिले बैकिङ प्रणालिमा तरलता अभाव रहेको र त्यसको असर बजारमा परेको बताए ।

‘तरलता अभावले बजारमा प्रभाव पारेको छ,नियामक निकायको समेत सेयर बजारमा आँखा लाग्यो,’गोल्छाले भने ।
बजारको विकासको लागि महासंघले काम गर्ने गोल्छाले जानकारी दिए ।


क्लिकमान्डु