पोखराको अन्नपूर्ण केवलकारमा जाने यात्रुका लागि निःशुल्क बस सेवा शुरु



पोखरा । पोखरास्थित अन्नपूर्ण केवलकारले यात्रुका लागि विशेष बस सेवा सञ्चालन गरेको छ ।

बिहान ५ बजेदेखि सेवा केवलकारले स्वदेशी तथा विदेशी पर्यटकको सुविधाका लागि बस सेवा शुरु गरेको हो ।

केवलकार स्टेशन रहेको सेदीबगरसम्म पुग्नका लागि कम्पनीले पोखराका विभिन्न स्थानबाट निःशुल्क बस सेवासमेत सञ्चालनमा ल्याएको हो ।

केवलकारमा यात्रा गर्ने स्वेदशी तथा विदेशी यात्रुलाई बिहान ४ः२५ मा फिस्टेल गेट, ४ः३० मा आम्बोट गेट, ४ः३५ मा गौरीघाट, ४ः४० मा बाराही चोक, ४ः४५ मा सेन्टर पोइन्ट र ४ः५० मा हल्लन चोकबाट स्टेशनसम्म लैजानका लागि बस पुग्नेछ ।

केवलकारले बिहान ५ बजेदेखि नै सेवा सुरु गर्नका लागि यस्तो सुविधा प्रदान गर्न लागेको हो । सराङकोटको डाँडाबाट माछापुच्छ«ेलगायत थुप्रै हिमालको मनोरम र सूर्योदय हेर्न चाहने पर्यटकका लागि यो सुविधा प्रदान गर्न लागिएको हो ।


क्लिकमान्डु