पठाओ दियो उत्कृष्ट राइडर, क्याप्टेन र फुडमेनलाई अवार्ड



काठमाडौं । पठाओले बर्ष भरिका उत्कृष्ट राइडर, क्याप्टेन, फुडमेन र रेस्टुरेन्टलाई सम्मान गरेको छ । गत वर्षभरी उत्कृष्ट सेवा प्रदायकहरुलाई सम्मान गरिएको पठाओ नेपालका निर्देशक यशु थकालीले बताए ।

कार्यक्रममा कलाकार दिपक राज गिरी र दिपाश्री निरौला अवार्डेड राइडर, क्याप्टेन र फुडम्यानलाई ट्रफी, सम्मान पत्र र विभिन्न उपहार प्रदान गरिएको छ । एभरेस्ट इन्स्योरेन्सको तर्फबाट अवार्ड पाउने ३५ जनालाई राइड नभएको समयमा समेत लागू हुने गरि एक लाख बराबरको मेडिकल इन्स्योरेन्स प्रदान गरिएको छ ।

पठाओलाई नेपालकै उत्कृष्ट राइड सेयरिङ प्लेटफर्म र फास्टेस ग्रोइङ कम्पनी बनाउन योगदान दिने राइडर, क्याप्‍टेन र फुडमेनहरुलाई प्रोत्साहन गर्न कार्यक्रम आयोजना गरिएको थकालीले बताए ।

कार्यक्रममा आफ्नो सुरक्षीत र सुनिश्चित यात्राको साथी पठाओ रहेको कलाकार दिपाश्री निरौलाले बताइन् । नेपालमा परिवारसँगै बसेर केहि गरौ भन्नेलाई पठाओले राम्रो अवसर सिर्जना गरेको गिरीको भनाइ छ ।
पठाओको अवार्ड बिजेताहरुमा सर्बोत्कृष्ट विधा अवार्ड द स्टार राइडर, खुशीराम थारु, द स्टार क्याप्टेन सोमनाथ गिरि र बेस्ट पफर्मिङ फुडम्यान सागर राईले पाएका छन् ।

यस्तै फरक क्षमताका राइडर (चार पाङ्ग्रे स्कुटर) बिधामा मस्ट इम्पावर्ड राइडर पुनम मिश्र र सोमनाथ राईले पाएका छन् ।परोपकार बिधा तर्फ द हेल्पिङ ह्यान्ड अवार्ड (पठाओको माद्यम मार्फत सामाजिक सेवा समेत गर्ने) रोनिस खड्की, कृष्ण बहादुर तामाङ, रोयत बहादुर रोकाले पाएका छन् ।

बाइक राइडर बिधा तर्फ द राइजिङ राइडर (सबैभन्दा कम उमेरको, १८ बर्ष) तर्फ सन्जिब श्रेष्ठ, द टायरलेस राइडर (सबैभन्दा धेरै राइड लिने, ५५०० राइड) मुकुन्द राज थापा, युजर फेबरेट राइडर (सबैभन्दा धेरै रेटिङ, ४.८) सुदर्शनमणि डङ्गोल, द डेडिकेटेड राइडर (आफुलाई आएका मध्ये सबैभन्दा बढी राइड रिक्वेस्ट लिने, ९७ प्रतिशत) तर्फका अवार्ड तिर्थ बहादुर बिष्टले पाएका छन् ।

यस्तै द भेट्रान राइडर (सबैभन्दा लामो समय देखि राइड लिइरहेको, ४ बर्ष) दिलिप लामा, द अनरेवल राइडर (सस्पेन्सनमा नपरेको र धेरै राइड लिने) कपिल दिप न्यौपाने, द एनर्जेटिक राइडर (सबैभन्दा धेरै दिन राइड लिएको,३५० दिन) कौशल कुमार जोशी, द सिनियर राइडर (सबैभन्दा धेरै उमेरको, ६६ बर्ष) आश्मान राई, द इन्फ्लुएञ्सर (बेस्ट फिमेल) राइडर लक्ष्मी श्रेष्ठले अवार्ड पाएका छन् ।

क्याप्टेन (ट्याक्सी चालक) बिधामा द राइजिङ क्याप्टेन (सबैभन्दा कम उमेरको, २१ बर्ष) राजेश थापा, द टायरलेस क्याप्टेन (सबैभन्दा धेरै राइड लिने, ३८०० राइड) कमल श्रेष्ठ, युजर फेबरेट क्याप्टेन (सबैभन्दा धेरै रेटिङ, ४.७५) प्रशान्त थापा, द डेडिकेटेड क्याप्टेन (आफुलाई आएका मध्ये सबैभन्दा बढी राइड रिक्वेस्ट लिने, ९० प्रतिशत) दिपक घलान, द भेट्रान क्याप्टेन (सबैभन्दा लामो समयदेखि राइड लिइरहेको, पठाओ ट्याक्सी सुरुवात देखि नै) फरिन बहादुर क्याप्छाकी, द अनरेवल क्याप्टेन (सस्पेन्सनमा नपरेको र धेरै राइड लिने) रामानन्द चौधरी, द एनर्जेटिक क्याप्टेन (सबैभन्दा धेरै दिन राइड लिएको, २९५ दिन) पवन ढुङ्गेल, द सिनियर क्याप्टेन (सबैभन्दा धेरै उमेरको, ६६ बर्ष) कृष्ण लामा, द इन्फ्लुएञ्सर (बेस्ट फिमेल) क्याप्टेन विद्या कुमारी लामाले पाएकी छिन् ।

यस्तै फुडम्यान बिधातर्फ बेस्ट पफर्मिङ फुडम्यान इनहाउसः धनेन्द्र हंसरुम्बा, बेस्ट पफर्मिङ फुडम्यान, साइकल (२८०० डेकिभरी) अनिस कुमार थापा, द सुपरस्टार फुडम्यान (सबैभन्दा धेरै रेटिङ, ४.८) टीका बहादुर कुँवर, द टायरलेस फुडम्यान (सबैभन्दा धेरै फुड डेलिभरी गर्ने, ३२०० डेलिभरी) छत्र बहादुर बस्नेत, द डेडिकेटेड फुडम्यान (आफुलाई आएका मध्ये सबैभन्दा बढी राइड रिक्वेस्ट लिने, ८५ प्रतिशत) विशाल श्रेष्ठ, द क्लासिक फुडम्यान (सबैभन्दा लामो समय देखि, ५६५ दिन) दिलेन क्षेत्री, द ज्वय गिभर फुडम्यान (बेस्ट कम्युनिकेसन) राजकुमार दाहाल, द एभर फ्रेस फुडम्यान (सबैभन्दा धेरै दिन फुड डेलिभर गरेको, २९० दिन) शेशकान्त सुवेदीले अवार्ड पाएका छन् ।


क्लिकमान्डु