सामाजिक सञ्जालको प्रलोभनमा परेर लगानी नगर्न धितोपत्र बोर्डको आग्रह



काठमाडौं । धितोपत्र बोर्डले लगानीकर्ताहरुलाई सामाजिक सञ्जालको प्रलोभनमा परेर लगानी नगर्न अनुरोध गरेको छ । धितोपत्र बोर्डले सूचना जारी गर्दै सामाजिक सञ्जाल मार्फत लगानी नगर्न आग्रह गरेको हो ।

बोर्डले बजारमा केही व्यक्तिहरुले धितोपत्रमा लगानी गर्ने उद्देश्य रहेका विभिन्न संस्थाहरुको स्थापना गरी सामाजिक सञ्जाल मार्फत लगानीकर्ताहरुलाई विभिन्न प्रलोभन देखाई लगानी गर्न आह्वान गरेको तथा धितोपत्रको दोस्रो बजारको कारोबार र लगानी सम्बन्धी सेवा प्रदान गरेको भन्ने समाचार आइरहेको भन्दै यस्तो आग्रह गरेको जनाएको छ ।

बोर्डले उक्त कम्पनीहरुमा लगानी गर्नु वा उक्त सेवाहरु लिनु लगानी आवश्यक सचेतना अपनाउनुका साथै बोर्डबाट अनुमति लिए÷नलिएको यकिन गरेर मात्रै लगानी गर्न तथा सेवा लिन बोर्डले आग्रह गरेको छ ।


क्लिकमान्डु