गाडी,मोबाइल तथा रक्सीसहित १० प्रकारका वस्तुको आयातमा प्रतिबन्ध
काठमाडौं । सरकारले गाडी,मोबाइल तथा रक्सी सहित १० प्रकारका वस्तु आयातमा प्रतिबन्ध लगाएको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरेर १० प्रकारका बस्तुको आयातमा प्रतिबन्ध लगाएको हो ।
कुरकुरे, कुरमुरे, लेज, तयारी मदिरा, तयारी चुरोट सुर्ती, हिरा, मोबाइललगायत बस्तु आयातमा सरकारले रोक लगाएके छ ।
यस्तै ३२ इञ्चभन्दा माथिका रंगीन टेलिभिजन, जीप, कार र भ्यान, २५० सीसीभन्दा माथिल्लो क्षमताका मोटरसाइकल, सबै प्रकारका खेलौना, खेल्ने तासलगायत बस्तुको आयात रोक लगाएको सूचना मन्त्रालयले दिएको। छ ।
नेपाल राष्ट्र बैंकले आयात बढेर विदेशी सञ्चिती घट्दै गएपछि त्यस्ता वस्तुको आयातमा शतप्रतिशत नगद मार्जिनको व्यवस्था लागू गरेको थियो । चैतको अन्तिम साता बोलाएर एलसी नखोल्न मौद्रिक निर्देशन दिएको थियो । आयात प्रतिबन्ध लगाउने अधिकार भने सरकारसँग मात्र हुन्छ ।