वैशाख १५ देखि जुत्ता चप्पल व्यापार प्रवद्धन मेला हुने, ५०% सम्म छुट



काठमाडौं । स्वदेशी उत्पादित जुत्ताको प्रयोग बढाउनका लागि भन्दै जुत्ता चप्पल व्यापार प्रवद्धन मेला–२०७९ आयोजना हुने भएको छ ।

बैशाख १५ देखि जेठ ८ गतेसम्म भृकुटीमडण्पमा जुत्ता चप्पलको मेला हुन लागेको हो । स्वदेशी उत्पादित जुत्ताको प्रयोग बढाउनको लागि तथा जुत्ता चप्पल व्यापार प्रवद्धन गर्नको लागि मेलाको आयोजना गर्न लागेको आयोजकले जनाएको छ ।

राजधानीमा आयोजित पत्रकार सम्मेलनका फुटवेयरमा अध्यक्ष नानीराज घिमिरेले अहिले तरलता अभाव तथा अर्थतन्त्रमा नै संकट देखिएकाले अर्थतन्त्र सुधार गर्न सहयोग पुग्ने अपेक्षाले व्यापार मेलाको आयोजना गरिएको बताए । उनले व्यापार प्रवद्धन व्यापार मेलाले उद्योगी व्यवसायीहरुलाई थोरै भए पनि राहत मिल्ने आशा रहेको बताए ।

पछिल्लो समय भारतबाट नेपालमा चोरी पैठारी गरेर चुत्ता चप्पल नेपालमा ल्याउने काम भइरहेकाले राज्यले त्यस्तो चोरी पैठारी रोक्नु पर्ने माग गरिएको छ । मेलामा नेपालमा उत्पादित जुत्ता चप्पल तथा छाला जन्य वस्तुहरु र स्वदेशी तयार गरिएका जुत्ता चप्पल महिला,पुरुष र बालबालिका सबैलाई ५० प्रतिशत छुटका साथ ३० भन्दा बढी कम्पनीका जुत्ता एकै छानो मुनी पाइने छ ।


क्लिकमान्डु