लूनकरणदास-गङ्गादेवी चौधरी साहित्यकला मन्दिरले तीन स्रष्टालाई सम्मान गर्दै



काठमाडौं । लूनकरणदास–गङ्गादेवी चौधरी साहित्यकला मन्दिरले तीन सम्मानका लागि स्रष्टाहरु चयन गरेको छ ।

बैशाख १२ गते साहित्यकला मन्दिरका अध्यक्ष बसन्त चौधरीको अध्यक्षतामा बसेको बैठकले सम्मानित र पुरस्कृत हुने स्रष्टाहरुको नाम चयन गरेको हो ।

निर्णयअनुसार साहित्य र संस्कृतिका क्षेत्रमा लामो समयदेखि उल्लेखनीय योगदान पु¥याउँदै आएका तेजेश्वरबाबु ग्वङ्गलाई सरस्वती सम्मान, इतिहास–अनुसन्धानमा लेखन तथा प्राध्यापनद्वारा विशिष्ट योगदान पु¥याउँदै आएका प्रा.डा. त्रिरत्न मानन्धरलाई इतिहास शिरोमणि बाबुराम आचार्य शोधसम्मान तथा नेपाली वाद्यवादनका क्षेत्रमा योगदान पु¥याउँदै आएका न्हुच्छेबहादुर डंगोललाई नारायण गोपाल सङ्गीत सम्मान प्रदान गरिने भएको छ ।

यसअघि यी सम्मानहरूको राशि ५१ हजार रहेकोमा यस वर्षदेखि १ लाख ५१ हजार पु¥याइएको छ । उक्त सम्मानहरू साहित्यकला मन्दिरको वार्षिकोत्सवको अवसरमा आयोजित स्रष्टासम्मान समारोहमा वैशाख २७ गते प्रदान गरिने छ ।


क्लिकमान्डु