म गठबन्धनकोभन्दा डबल मत ल्याएर जित्छुः केशव स्थापित



काठमाडौं । नेकपा एमालेको तर्फबाट काठमाडौं महानगरपालिकामा मेयर तथा उपमेयरमा केशव स्थापित र सुनिता डंगोलले उमेदवारी दर्ता गरेका छन् ।

स्थापित र डंगोलले सोमबार राष्ट्रिय सभागृहमा उमेद्वारी दर्ता गरेका हुन् । उमेद्वारी गर्दा गर्दै स्थापीतले गठबन्धनकोभन्दा डबल मत ल्याएर जित्ने दाबी गरेका छन् ।

स्थापितले निर्वाचनमा काँग्रेसले ५८ हजार मत पाउने र आफुले त्यसको दोब्बर मत ल्याउने बताए । २०५४ सालमा नै ८४ हजार ६०० मत ल्याएको मान्छेलाई अहिले जित्न कुनै समस्या नरहेको बताए ।

‘काँग्रेसको स्थायी भोट ४८ हजार छ, माओवादीको ७ हजार, नेकपा एसको भोट समेत थप्दा बढीमा ५८ हजार मत ठगबन्धनले पाँउछ, बाँकी भोट आफुलाई आउने उनको तर्क छ ।

गठबन्धनले ६० हजार मत ल्याए आफुले १ लाख २० हजार मत ल्याएर जित्ने दाबी गरे । केशव स्थाथितले केही गर्छ की भनेर धेरैमा अपेक्षा रहेको उनको भनाइ छ । २००२ मा विश्वका मेयरमा चौथौ नम्बरमा परेको स्मरण समेत गराए ।


क्लिकमान्डु