शेखर पक्षका नागेश कोइरालालाई विराटनगर महानगरको टिकट



काठमाडौं । नेपाली कांग्रेसले विराटनगर महानगरको उमेदवार नागेश कोइरालालाई बनाएको छ ।

संस्थापन पक्ष र शेखर कोइरालापक्ष बीच विराटनगर महानगरको टिकट कसलाई दिने भन्ने विषयमा चर्काे विवाद हुँदै आएको थियो ।

संस्थापन पक्षले अमृत अर्याल वा डिला संग्रौलामध्ये एक जनालाई मेयरको टिकट दिन खोजेको थियो ।

तर, कांग्रेसको सभापतिमा पराजित शेखर कोइरालाले विराटनगरको मेयर आफ्नो पक्षले पाउनु पर्ने दाबी गर्दै आएको थियो ।

कांग्रेस सभापति शेर बहादुर देउवाले सोमबार विहान नागेश कोइरालालाई टिकट दिने निर्णय गरेका हुन् । नागेश नेपाली कांग्रेस मोरङका उपसभापति समेत हुन् ।

विराटनगर महानगरका वहालवाला मेयर भिम पराजुलीले समेत मेयरमा दाबी गरेका थिए । कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पराजुलीको पक्षमा लबिङ गरेका थिए । तर, विराटनगरको टिकट शेखर पक्षलाई दिने निर्णय भएपछि पराजुलीले टिकट पाएनन् ।


क्लिकमान्डु