यूएनसीसीडीमा सद्‌गुरुको आवाजः माटो कुनै सामग्री होइन, बरु हाम्रो जीवनको स्रोत हो



काठमाडौं । विश्वभरिको माटोलाई विनाश हुनबाट जोगाउने उद्देश्यसहित माटो जोगाऔँ अभियानअन्तर्गत शुरु गरिएको १०० दिने यात्राको क्रममा, सद्‌गुरुले यूएनसीसीडीका कार्यकारी सचिव इब्राहिम थिएयुसँग भेटघाट गरेका थिए ।

दुबैले यसमा जोड दिए कि यो अनमोल स्रोतलाई जोगाउन र यसको विनाशलाई उल्टाउनको लागि सबैभन्दा पहिलो पाइला यो हो हामीले यो कुरा महशुस गर्नुपर्छ ।

‘हामीलाई हरेक दिन आवश्यक पर्ने सबैथोक माटोबाटै आउँछन्, अनि सचेतन भई गरिने कार्यहरूले ठूलो भिन्नता ल्याउँछन्,’ सद्‌गुरुले उल्लेख गरे, ‘थुप्रै सरकारहरूले अझैपनि माटोलाई निर्जीव वस्तु जसरी व्यवहार गर्छन् अनि केही रासायनिक पदार्थहरू थपघट गरी यसलाई व्यवस्थापन गर्न सकिन्छ भन्ने ठान्दछन् । सर्वप्रथम, हाम्रो चेतनामा यो कुरा रहनुपर्छ कि माटो कुनै सामग्री वा वस्तु होइन, यो हाम्रो जीवनको स्रोत हो ।’

सद्‌गुरु र इब्राहिम थिएयु यसमा सहमत थिए कि अहिले हामीले सामना गरिरहेका जलवायु परिवर्तन, जैविक–विविधतामा क्षति अनि पर्यावरणीय प्रणालीको विनाशलगायत वातावरणसम्बन्धी प्रमुख चुनौतीहरूको सरल र शक्तिशाली समाधान भनेको जमिन र माटोलाई पहिल्यैको अवस्थामा फर्काउनु हो ।

जागरूक धरती के हो ?

जागरूक धरती माटो जोगाऔँ विश्वव्यापी अभियान हो, जसले हाम्रो माटो र धरती जोगाउनको लागि जागरूक दृष्टिकोणसहित काम गर्न प्रोत्साहन गर्दछ ।

सर्वप्रथम, यो हरेक नागरिकको अभियान हो । यस अभियानले विश्वभरिबाट ३.५ अर्ब मानिसहरू (विश्वभरिका ६० मतदाताहरू) को समर्थन जुटाउने अनि माटोलाई पुनः जीवन्त पार्न र माटोको विनाश रोक्नको लागि नीतिगत कार्यहरू शुरु गर्न विश्वभरिका सरकारहरूलाई सघाउने उद्देश्य लिएको छ ।

विश्वका नेतृत्वकर्ताहरू, प्रभावशाली व्यक्तिहरू, कलाकारहरू, विज्ञहरू, किसानहरू, आध्यात्मिक गुरुहरू, गैर सरकारी संस्थाहरू अनि नागरिकहरूले अभियानको समर्थनमा आवाज उठाइरहेका छन्, ताकि मानवजाति र माटोबीच रहेको सम्बन्धलाई पुनः स्थापित गर्न सकियोस् ।


क्लिकमान्डु