निर्वाचनका लागि उम्मेद्वारी दर्ता गर्ने समय आज साँझ ५ बजेसम्म, आइतबार १० हजारबढीको दर्ता



काठमाडौं । वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि उम्मेद्वारी दर्ता गर्ने समय आज साँझ ५ बजेसम्मका लागि मात्रै तोकिएको छ । निर्वाचन आयोगले वैशाख ११ र १२ गते उम्मेद्वारी मनोनयन गर्ने दिन तोकेको थियो ।

निर्वाचन आयोगका अनुसार हिजो आइतबार विभिन्न पदमा १० हजार ५३३ जनाले उम्मेद्वारी दर्ता गरेका छन् ।

आयोगका अनुसार पालिका प्रमुख र अध्यक्ष पदमा ९७३ जनाm उपप्रमुख र उपाध्यक्षमा ४९४, वडा अध्यक्षमा २ हजार ८२६ र वडा सदस्यमा ३ हजार १९० महिला सदस्यमा १ हजार ९१, दलित महिला सदस्यमा १ हजार ३० गरी ूलक वडा सदस्यमा १० हजार १०७ जनाको उम्मेद्वारी दर्ता भएको छ ।

देशभरका ७५३ स्थानीय तहका लागि कूल ३५ हजार २२१ पदका लागि निर्वाचन हुँदैछ । आयोगका अनुसार १२ गते साँझ ५ बजेसम्मका लागि मनोनयमपत्र दर्ता समय निर्धारण गरिएको छ । साथै वैशाख १३ गते उम्मेद्वारकोविरोधमा उजुरी दिने कार्यतालिका छ ।

वैशाख १४ र १५ गते मनोनयनपत्र जाँच गर्ने तथा उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने, वैशाख १५ गते मनोनयन भएको उम्मेद्वारको नामावली प्रकाशन गर्ने, वैशाख १६ गते उम्मेद्वारले नाम फिर्ता लिने र उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गर्ने तथा वैशाख १७ गते उम्मेद्वारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम छ ।

आयोगका अनुसार वडा सदस्यको उम्मेद्वार हुनका लागि ५ सय रुपैयाँ, वडा सदस्यका लागि १ हजार रुपैयाँ तथा पालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुखको हकमा १ हजार ५ सय रुपैयाँ खर्च लाग्छ ।

हाल वैशाख ३० गते ६ वटा महानगर, ११ वटा उपमहानगर, २७६ नगरपालिका, ४६० गाउँपालिकामा ३५ हजार २२१ पदका लागि निर्वाचन हुँदैछ ।


क्लिकमान्डु