बुद्ध एयरको विमानमा भेटियो १० हजार ८ सय अमेरिकी डलरले भरिएको ब्याग.‍‍..



काठमाडौं । शनिबार भद्रपुरबाट काठमाडौं उडान गरेको विमानबाट १० हजार ८ सय अमेरिकी डलर भेटिएको छ ।

बुध्द एयरका अनुसार भद्रपुरबाट काठमाडौंमा साँझ ९ बजेर २७ मिनेटमा ल्याण्ड भएको ९५८ नम्बरको उडानपपछि क्यानिबन क्रुले उक्त रकम भेट्टाएका थिए ।

बुध्द एयरका सूचना अधिकारी दीपेन्द्र कर्णका अनुसार विमान पार्किङमा गइसकेपछि चेकजाँच गर्ने क्रममा क्रु मेम्बरले उक्त रकम भरिएको ब्याग भेट्टाएका थिए । उनीहरुले ड्युटी इन्चार्जलाई दिएपछि नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको रोहबरमा प्रहरीलाई जिम्मा लगाइएको थियो ।

अहिलेसम्म उक्त रकम कस्को हो भन्ने विषयमा कसैको दाबी परेको छैन ।


क्लिकमान्डु