कांग्रेसबाट काठमाडौंको मेयरमा सिर्जना सिंह निश्चित, ललितपुरमा चिरिबाबुको सम्भावना



काठमाडौं । नेपाली कांग्रेसले काठमाडौं महानगरपालिकाको मेयरमा सिर्जना सिंहलाई उमेद्वार बनाउने भएको छ ।

नेपाली कांग्रेसका शीर्ष नेताबीच कांग्रेस नेतृ सिंहलाई महानगर प्रमुखमा उमेद्वार बनाउने सहमति भएको हो ।

पद्मकन्या क्याम्पसमा २०३६ देखि २०३८ सालसम्म नेपाल विद्यार्थी संघको इकाइ सभापति भएकी सिंह विवाहपछि भने सक्रिय राजनीतिबाट ओझेल परेकी थिइन् ।

नेपाली कांग्रेसका संस्थापक नेता गणेशमान सिंहका छोरा प्रकाशमान सिंहसँग विवाह गरेपछि सिंह पर्दा पछाडिबाट राजनीतिमा सक्रिय थिइन ।

नेपाली कांग्रेसकि नेतृ मंगलादेवी सिंहको राजनीतिक गतिविधीमा सहयोगी बनेकी सिर्जना पछिल्लो समय श्रीमान् प्रकाशमान सिंहलाई सहयोग गर्दै आएकी थिइन् ।

नेपाली कांगेसको महाधिवेशन प्रतिनिधि सिंहलाई उम्मेद्वार बनाउने विषयमा नेपाली कांग्रेसका शीर्ष नेताहरुको एकमत रहेको स्रोतको दाबी छ ।

यदि पार्टीभित्रको राजनीतिक समिकरणका केही फेरबदल नभई सोमबार सिंहले उमेदवारी दर्ता गर्ने छिन् ।

यस्तै ललितपुर नगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई पनि पुःन महानगर प्रमुखमा उमेद्वार बनाउने विषयमा कांग्रेस नेता सहमत भएको स्रोतको दाबी छ ।

कांग्रेस संस्थापन पक्षका केही नेताले महर्जनलाई उम्मेद्वार नबनाउन प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई दबाब दिइरहेका छन् ।

लतिपुरमा संस्थापन पक्ष बलियो छ । तर, संस्थापनभित्र पनि केन्द्रीय सदस्य उदय शमशेर राणा र ललितपुर जिल्लाका पूर्वसभापति मदन अमात्यका आ–आफ्नै गुट छन् ।चिरिबाबु केन्द्रीय सदस्य राणा निकट छन् । अमात्य समूहले जसरी पनि चिरिबाबुलाई रोक्न लागिपरेको छ । जसले गर्दा महर्जनको टिकटका विषयमा केन्द्रीय नेता सहमत भए पनि अन्तिम निर्णय नहुँदासम्म केही भन्न नसकिने स्रोतको भनाइ छ ।


क्लिकमान्डु