पोखराको मेयरमा एमाले उम्मेद्वार दीपक पौडेल, अन्यमा को ?



काठमाडौं । नेकपा एमालेले पोखरा महानगरमा मेयर पदका लागि दीपक पौडेललाई उठाउने भएको छ । साथै पोखरा महानगरको उपमेयरमा मञ्जुदेवी गुरुङलाई टिकट दिएको छ ।

एमालेले लतिलपुरका लागि मेयर पदमा हरिकृष्ण व्यञ्जनकार र उपमेयरमा मञ्जली शाक्य बज्राचार्यलाई टिकट दिएको छ ।

साथै भरतपुरको मेयरमा विजय सुवेदी र वीरगञ्जको मेयर पदका लागि विजय सरावगीलाई टिकट दिएको छ ।

त्यसैगरी उपमहानगरपालिकाको हकमा बुटवलको मेयरमा बाबुराम खड्का, उपमेयरमा साबित्रादेवी अर्याललाई टिकट दिएको छ ।

साथै, धनगढीको मेयर पदका लागि रणबहादुर चन्द र उपमेयर पदका लागि कन्दकला राना थारुलाई टिकट दिएको छ । त्यसैगरी नेपालगञ्ज उपमहानगरको मेयरमा पशुपतिदयाल मिश्र र उपमेयरमा शान्तिदेवी ढकाललाई उठाउने भएको छ ।

एमालेले तुलसीपुर उपमहानगरको मेयर पदमा टीकाराम खड्का र उपमेयरमा स्यानी चौधरी, घोराहीको मेयरमा नरुलाल चौधरी र उपमेयरमा हुमाकुमारी डिसीलाई उठाउने भएको छ ।

हेटौंडाको मेयर अनन्त पौडेल र उपमेयरमा सुमित्रा काफ्ले, धरानको मेयरमा मञ्जु भण्डारी र उपमेयरमा पदम लिम्ब
इटहरीको मेयरमा यमकुमार सुब्बा र उपमेयरमा संगिता चौधरीका साथै कलैया उपमहानगरको मेयरमा विनोद साहलाई उठाउने निर्णय गरेको छ ।


क्लिकमान्डु