एमालेले सार्वजनिक जग्गा कब्जा गर्नेलाई कारबाही गर्ने



काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी (एकाले)ले सार्वजनिक जग्गा अतिक्रमण र कब्जा गर्नेलाई कारबाही गर्ने घोषणा गरेको छ । स्थानीय निर्वाचण घोषणापत्र जारी गर्दै सार्वजनिक जग्गा अतिक्रमण र कब्जा गर्नेहरूमाथि कानुनी कारबाही गर्ने प्रतिबद्धता जनाएको हो ।

एमालेले उक्त कब्जा र अतिक्रमण गर्नेलाई कारबाही गर्दै जमिन सार्वजनिक स्वामित्वमा ल्याउने घोषणापत्रमा उल्लेख छ । साथै, सार्वजनिक जग्गा संरक्षण तथा व्यवस्थापनसमेत गर्ने जनाएको छ ।

त्यसैगरी, एमालले घरबार बिहीन नागरिकलाई आवास दिने, अव्यवस्थित बसोबासलाई संधैको लागि समाधान गर्ने घोषणापत्रमा उल्लेख गरेको छ ।

एमालले आफ्नो घोषणापत्रमा जोखिमयुक्त आवास र वस्ती निर्माणका लागि राष्ट्रिय भवन संहिता तथा वस्ती विकास सम्बन्धी मापदण्डको प्रभावकारी कार्यान्वयन गर्ने उल्लेख छ ।

साथै, घर नक्सा पास प्रणालीलाई सरल र प्रभावकारी बनाउने, अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्ने, सार्वजनिक–निजी साझेदारी ढाँचा अवलम्बन गर्ने, जग्गा एकीकरण प्रणालीलाई प्रवद्र्धन गर्ने र नयाँ, आधुनिक र हरित शहरको विकासका लागि व्यवस्थित योजना तर्जुमा र कार्यान्यवन गर्ने जनाएको छ ।


क्लिकमान्डु