भरतपुरकी मेयर रेनु र वीरगञ्जका मेयर सरावगीले दिए राजीनामा



काठमाडौं । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल र वीरगञ्ज महानगरका मेयर विजय सरावगीले पदबाट राजीनामा दिएका छन् ।

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उम्मेद्वार बन्नका लागि उनीहरुले पदबाट राजीनामा दिएका हुन् ।

सरावगीले बिहीबार राजीनामा दिएका थिए भने रेनुले शुक्रबार राजीनामा दिएकी हुन् ।

स्थानीय तहको निर्वाचनमा उम्मेद्वार बन्न चाहने जनप्रतिनिधिले पदबाट राजीनामा दिनुपर्ने व्यवस्था छ ।


क्लिकमान्डु