सर्वोत्तम सिमेन्टको मिस्टर ह्याप्पी टुर–२०७९ जारी



काठमाडौं । सर्वोत्तम सिमेन्टले नयाँ वर्षको उपलक्ष्यमा साताव्यापी ‘मिस्टर ह्याप्पी टुर–२०७९’ आयोजना गरेको छ ।

उक्त कार्यक्रम आयोजना गरेर कम्पनीले आफ्ना उत्पादनका बिक्रेताहरुलाई विभिन्न उपहार समेत दिएको छ ।

आफ्नै खानीको चुनढुंगा प्रयोग गर्दै स्व–उत्पादित विद्युत स्रोतको प्रयोग गरी ४३ ग्रेड र ५३ ग्रेडका सिमेन्ट उत्पादन तथा वितरण गर्दै आएको कम्पनीले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा लाखौका लागि रोजगारी सृजना समेत गर्दै आएको कम्पनीले जनाएको छ ।

सिमेन्ट उत्पादन प्रबिधिमा देश मै पहिलो पटक भर्टिकल रोलर मेसिन नामक प्रविधि प्रवेश गराउने यो नै पहिलो कम्पनी भएको दाबी गरिएको छ ।

कम्पनीले उक्त कार्यक्रम आयोजना गरेर आफ्नो उत्पादनका बारेमा बिक्रेता तथा ग्राहकहरुको राय सुझाव संकलन समेत गरिरहेकोे जनाएको छ ।

बैशाख ३ गतेदेखि पोखराका चिप्लेढुंगाबाट शुरु भएको उक्त कार्यक्रम भैरहवाको बुद्धचोक, परासीको परासी बजार, चितवनको नारायणी तीर, वीरगंजको शहिद पार्क, घण्टाघर, गौरको वि पी चोक हुँदै आज साँझ ५ बजे मिथिला नगरी जनकपुरको जानकी मन्दिर प्रांगनमा सञ्चालन हुँदैछ ।


क्लिकमान्डु