सिभिल र सेञ्चुरी बैंकको उत्साहजनक प्रगति, १२ सूचकांकमा कुन अगाडि ?



काठमाडौं । २७ वटा वाणिज्य बैंकमध्ये सबैभन्दा कान्छा बैंक हुन् सिभिल र सेञ्चुरी बैंक । तर पछिल्लो पुस्तका बैंक भए पनि वित्तीय सूचकांकहरुमा भने यी राम्रा बैंकमा देखिएका छन् ।

हाल वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । ती तथ्यांक हेर्दा पुराना बैंकको तुलनामा यी बैंकहरुको अवस्था सन्तोषजनक मान्न सकिन्छ । अझ पछिल्लो समय यी बैंकहरुको ग्रोथ रेट उत्साहजनक छ ।

हामीले पनि यहाँ यी दुई बैंकलाई १२ वटा सूचकांकमा विश्लेषण गर्ने प्रयास गरेका छौं । जसमा सेञ्चुरी बैंक ९ वटा सूचकांकमा अगाडि छ । तर अन्तर भने ठूलो छैन ।

१) चुक्ता पुँजी
सेञ्चुरी बैंकको चुक्ता पुँँजी सिभिलको भन्दा बढी छ । सेञ्चुरी बैंकको चुक्त पुँजी ९ अर्ब ५५ करोड ३९ लाख ९ हजार रुपैयाँ छ भने सिभिल बैंकको चुक्ता पुँजी ८ अर्ब ६४ करोड ३६ लाख ६१ हजार रुपैयाँ छ ।

२) जगेडा कोष
कुनै पनि बैंक कति बलियो छ भन्ने थाहा पाउने कैयन सूचकांकमध्येको एउटा जगेडा कोष पनि हो । सिभिल बैंकको जगेडा कोषमा १ अर्ब ५५ करोड ६३ लाख ४७ हजार रुपैयाँ छ भने सेञ्चुरी बैंकको जगेडा कोषमा १ अर्ब ७९ करोड ८ लाख ९१ हजार रुपैयाँ रहेको छ ।

३) निक्षेप संकलन
चालु आवको चैत मसान्तसम्म सेञ्चुरी बैंकले ९० अर्ब ५२ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । त्यसैगरी सिभिल बैंकले ९० अर्ब ७्र० करोड ४० लाख ९९ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ ।

४) कर्जा प्रवाह
समीक्षा अवधिसम्ममा सेञ्चुरी बैंकले ८७ अर्ब २ करोड २७ लाख ७७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ भने सिभिल बैंकको कर्जा प्रवाह ८३ अर्ब ९३ करोड ६१ लाख ७२ हजार रुपैयाँ छ ।

bचालु आवको चैत मसान्तसम्ममा सेञ्चुरी बैंकको खुद ब्याज आम्दानी २ अर्ब १४ करोड १६ लाख ८ हजार रुपैयाँ छ भने सिभिल बैंकको खुद ब्याज आम्दान ि२ अर्ब ४५ करोड ५२ लाख ८७ हजार रुपैया छ ।

६)सञ्चालन मुनाफा
सञ्चालन मुनाफामा सिभिल बैंकको तुलनामा सेञ्चुरी बैंक अगाडि छ । सेञ्चुरी बैंकले चैत मसान्तसम्म १ अर्ब ४७ करोड ९१ लाख ७८ हजार रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ भने सिभिल बैंकले १ अर्ब ३० करोड ३८ लाख ७३ हजार रुपैयाँ आर्जन गरेको छ ।

७) वितरणयोग्य नाफा
वितरणयोग्य नाफामा पनि सेञ्चुरी बैंक नै अगाडि छ । सेञ्चुरी बैंकको वितरणयोग्य नाफा ५१ करोड २२ लाख ८८ हजार रुपैयाँ छ भने सिभिल बैंकको ४३ करोड ६८ लाख ८२ हजार रुपैयाँ रहेको छ ।

८) प्रतिसेयर आम्दानी
सेञ्चुरी बैंकको प्रतिसेयर आम्दानी १४ रुपैयाँ १७ पैसा रहेको छ भने सिभिल बैंकको को १३ रुपैयाँ २८ पैसा छ ।

९) प्रतिसेयर नेटवर्थ
प्रतिसेयर नेटवर्थमा सेञ्चुरीको तुलनामा सिभिल बैंक अगाडि छ । सेञ्चुरी बैंको प्रतिसेयर नेटवर्थ १२४ रुपैयाँ १६ पैसा रहेको छ भने सिभिल बैंकको १३ रुपैयाँ २८ पैसा रहेको छ ।

१०) खराब कर्जा
सेचुरी बैंकको खराब कर्जा १.६० प्रतिशत छ भने सिभिल बैंकको ०.९९ प्रतिशत रहेको छ ।

११) प्रतिसेयर कित्ता
बुधबारसम्मको तथ्यांकका आधारमा यी दुबै बैंकको सेयर मूल्यमा १ रुपैयाँको मात्रै फरक छ । सेञ्चुरी बैंकको सेयर मूल्य प्र्रतिकित्ता २१४ रुपैयाँ रहेको छ भने सिभिलको २१३ रुपैयाँ रहेको छ ।

१२) लाभांश
सेञ्चुरी बैंकले गत आवको मुनाफाबाट लगानीकर्तालाई ५.७९ प्रतिशत लाभांश दिएको छ भने सिभिलले ५.२६ प्रतिशत लाभांश दिएको छ ।


क्लिकमान्डु