भैरहवा विमानस्थलबाट पहिलो अन्तर्राष्ट्रिय उडान जजिराले गर्ने



काठमाडौं । आजदेखि सञ्चालनमा आएको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जेठ २ गते बुद्ध पूर्णिमाको दिनदेखि अन्तर्राष्ट्रिय उडान हुने भएको छ ।

आन्तरिकतर्फ यति एयरलाइन्सले बिहीबार पहिलो उडान गरेपछि अन्तर्राष्टिय उडानको हकमा भने जजिराले पाउने भएको छ ।
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले जजिराले सातामा तीन दिन उडान गर्ने गरी अनुमति लिएको बताए ।

उनका अनुसार सोमबार, बुधबार र शुक्रबार जजिरा विमानस्थलमा अवतरण गर्नेछ ।

उनका अनुसार अहिले हिमालयन, कतार र थाई एयरलाइन्सले पनि विमानस्थलमा उडानको अनुमतिका लागि प्रक्रियामा छन् ।

‘जजिराले अनुमति पाइसकेको छ, अन्यको हकमा कुराकानी भइरहेको छ,’ अधिकारीले भने ।


क्लिकमान्डु