३३ करोडको आइपीओ निष्कासन गर्न अपर सोलु हाईड्रोले पायो अनुमति



काठमाडौं । अपर सोलु हाईड्रो इलेक्ट्रिक कम्पनीले साधारण सेयर (आइपीओ निष्कासन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।

कम्पनीले ३३ करोड ७ लाख ५० हजार रुपैयाँको ३३ लाख ७ हजार ५०० कित्ता सेयर निष्कासन गर्नको लागि बोर्डमा आवेदन दिएको थियाे ।

बोर्डले कम्पनीलाई आइपीओ निष्कासन गर्न बुधबार अनुमति दिएको हाे । कम्पनीले उक्त सेयर आयोजना प्रभावीत स्थानीय र सर्वसाधारणका लागि निष्कासन गर्न लागेको छ । कम्पनीको बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ ।


क्लिकमान्डु