इपीएस कोरियाको परीक्षा निर्वाचनअघि नहुने



काठमाडौं । रोजगार अनुमति प्रणाली (इपीएस) कोरिया भाषाको परीक्षा निर्वाचनअघि नहुने भएकाे छ ।

वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुने भएकाले पहिलो चरणको परीक्षा स्थगन भएको इपीएस कोरिया शाखाले जनाएको छ ।

इपीएस कोरिया शाखाका सुचना अधिकारी कल्पना रेग्मीले आगामी वैशाख २६ गतेदेखि हुने भनिएको परीक्षा निर्वाचणपछि गर्ने तयारी गरेको बताइन् । उनका अनुसार अहिलेसम्म आधिकारिक रुपमा निर्देशन नआएपनि मौखिक रुपमा परीक्षा नहुने सहमति भएको छ ।

‘निर्वाचणकै मुखमा परीक्षाको मिति तोकेको छ,’ उनले भनिन्, ‘त्यसैले निर्वाचणअघि परीक्षा नहुने भएको छ ।’

रेग्मीले परीक्षाको अन्तिम तालिका कोरियाबाट आउने भएकाले हालसम्म तालिका आएको छैन । त्यसैले, यो वर्षको परीक्षा निर्वाचरणपछि मात्रै हुने भएको हो । शाखाले एपीएस भाषा परीक्षा दुई चरणमा हुने जनाएको थियो । कृषि तथा पशुपालन क्षेत्रका लागि पहिलो चरणको परीक्षा वैशाख २६ देखि जेठ १३ गतेसम्म र दोस्रो चरणको जेठ २४ देखि असार १६ गतेसम्म हुने शाखाले उल्लेख गरेको थियो ।

तर, विर्नाचनका कारण तोकिएको मितिभन्दा पछी हुने शाखाले जनाएको छ । यो वर्ष एपीएस परीक्षाका लागि ४४ हजार ८ सय ५३ जनाले आवेदन दिएका थिए ।


क्लिकमान्डु