सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढ्यो



काठमाडौं । बिहीबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको छ ।

बुधबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६ सय रुपैयाँ कायम भएकोमा बिहीबार ३ सय रुपैयाँले बढेर १ लाख ९ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, बुधबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख १ सय रुपैयाँ कायम भएकोमा बिहीबार १ लाख ४ सय रुपैयाँ कायम भएको छ । साथै, बुधबार चाँदीको मूल्य प्रतितोला १३ सय ८५ रुपैयाँ कायम भएकोमा बिहीबार ५ रुपैयाँले घटेर १३ सय ८० रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु