एनसेलले ल्यायो इन्डलेस कम्बो प्याक



काठमाडौं । नयाँ वर्ष २०७९ को अवसरमा एनसेल आजियाटाले आफ्ना ग्राहकलाई आकर्षक भ्वाइस र डेटा सेवा बन्डलिङ रहेको इन्डलेस कम्बो प्याकहरु संचालनमा ल्याएको छ ।

यो योजना वैशाख ५ बाट संचालनमा आएको छ । योजना अन्तर्गत एनसेलका प्रिपेड ग्राहकले कर सहित २५ रुपैयाँमा बिहान ५ देखि साँझ ५ बजेसम्म प्रयोग गर्न सक्नेछन् । डे कम्बो प्याक र बेलुका १० बजे देखि भोलिपल्ट बिहान ७ बजेसम्म प्रयोग गर्न सक्नेछन् ।

डे कम्बो प्याक अन्तर्गत प्रिपेड ग्राहकले १०० एमबी डेटा र २०० मिनेटको अल नेट टक टाइम (अन्य कुनै पनि सेवा प्रदायकको नम्बरमा कल गर्न सकिने) प्राप्त गर्दछन् । ग्राहकले एस्ट्रिक्स १७११८ एस्ट्रिक्स १ ह्यास वा एस्ट्रिक्स १७१२३ एस्ट्रिक्स २ ह्यास डायल गरि यो प्याक सुचारु गर्न सक्छन् । ग्राहकले एनसेल एपबाट पनि यो प्याक सुचारु गर्न सक्नेछन ।

बेलुकाको समयमा भ्वाइस तथा डेटा प्रयोग गर्न चाहने ग्राहकले २५० एमबी डेटा र २५० मिनेटको अल नेट टक टाइम भएको आकर्षक कम्बो प्याक २५ रुपैयाँमा सुचारु गर्न सक्नेछन् ।


क्लिकमान्डु