सत्ता गठबन्धनबीच मिल्यो महानगर र उपमहानगरको भागबन्डा



काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि पाँच दलीय सत्ता गठबन्धनबीच महानगरपालिका र उपमहानगरपालिको भागबन्डा मिलेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले महानगर र उपमहानगरमा कुन कुन दललाई दिने भन्ने विषयमा सहमति भएको हो ।

बैठकले ६ वटा महानगरमध्ये काठमाडौं, ललितपुर र विराटनगर काँग्रेसलाई दिने, भरतपुर माओवादीलाई र बाँकी २ वटामा नेकपा (एकीकृत समाजवादी)लाई पोखरा र जनता समाजवादीलाई वीरगञ्ज दिने निर्णय भएको छ ।

यस्तै उपमहानगरमा काँग्रेसको भागमा ७, माओवादीको भागमा २, एकीकृत समाजवादीले १ र जनता समाजवादीले १ ठाँउका लागि मेयर पाएको छ । बैठकले मेयर पाएका तहमा सोही दलले उपमेयर नउठाउने सहमति पनि भएको छ ।


क्लिकमान्डु