सांग्रिला विकास बैंकको नाफा १३.९३ प्रतिशतले बढ्यो



बैंकले चैत मसान्तसम्ममा ४० करोड ६ लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्षको सोही अवधिमा बैंकल ३५ करोड १६ लाख रुपैयाँ नाफा कमाएको थियो ।

वित्तीय विवरणअनुसार बैंकले चैत मसान्तसम्ममा ४० अर्ब ८३ करोड ९५ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ३३ अर्ब ४ करोड ४७ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

त्यसैगरी, सो अवधिमा बैंकले ४५ अर्ब ८४ करोड ५१ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ । गत वर्षको सोही अवधिमा ४१ अर्ब ७९ करोड ७३ लाख रुपैयाँ निक्षेप संकलन गरेको थियो

बैंकसँग अहिले वितरणयोग्य नाफा २५ करोड ५७ लाख रुपैयाँ रहेको छ । त्यसैगरी, बैंकको ११.७२ प्रतिशतबाट बढेर १२.७९ प्रतिशत पुगेको छ । बैंकको खराब कर्जा भने घटेको छ । गत वर्ष १.८९ प्रतिशत खराब कर्जा रहेकोमा यो वर्ष १.२० प्रतिशत रहेको छ ।

साथै, बैंकको सिडी रेसियो ८४.४० प्रतिशत, बेसरेट १०.६२ प्रतिशत र ब्याजदर ४.४२ प्रतिशत रहेको छ ।


क्लिकमान्डु