गरिमा विकास बैंकको नाफा १५.६८ प्रतिशतले बढ्यो



काठमाडौं । गरिमा विकास बैंकको नाफा १५.६८ प्रतिशतले बढेको छ । बैंकले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा ७८ करोड ४६ लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्षको सोही अवधिमा बैंकले ६७ करोड ८२ लाख रुपैयाँ नाफा कमाएको थियो ।

बैंकले तेस्रो त्रैमासिकसम्ममा ५९ अर्ब ८२ करोड १४ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ५१ अर्ब ६८ करोड ७३ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

त्यस्तै, बैंकले चैत मसान्तसम्ममा ६६ अर्ब ८६ करोड ३१ लाख रुपैयाँ निक्षेप संकलन गरेको थियो । गत वर्षको सोही अवधिमा बैंकले ६३ अर्ब ९० करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

समिक्षा अवधिमा बैंकसँग ५० करोड ६० लाख रुपैयाँ वितरणयोग्य नाफा रहेको छ ।

बैंकको पूँजी कोष अनुपात १३.९२ प्रतिशत रहेको छ । गत वर्षको सोही अवधिमा बैंकको पूँजी कोष अनुपात ११.६३ प्रतिशत थियो ।

त्यसैगरी, बैंकको खराब कर्जा १.०२ प्रतिशत, सिडी रेसियो ८८.०८ प्रतिशत, बेसरेट १०.८९ प्रतिशत र ब्याजदर ४.८१ प्रतिशत रहेको छ ।


क्लिकमान्डु