मुक्तिनाथ विकास बैंकको ९ महिनाको नाफा १ अर्ब २ करोड



काठमाडौं । मुक्तिनाथ विकास बैंकको नाफा १.४९ प्रतिशतले बढेको छ । वित्तीय विवरणअनुसार चैत मसान्तसम्ममा १ अर्ब २ करोड ६ लाख रुपैयाँ नाफा गरेको हो ।

गत वर्षको सोही अवधिमा बैंकले १ अर्ब ५६ लाख रुपैयाँ नाफा कमाएको थियो ।

त्यस्तै, बैकले चैत मसान्तसम्ममा ८७ अर्ब ८५ करोड ९६ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ७२ अर्ब ९१ करोड ९२लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

त्यसैगरी, बैंकले ९९ अर्ब १ करोड ४३ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ८६ अर्ब ९० करोड २९ लाख रुपैयाँ निक्षेप संकलन गरेको थियो ।

बैंकको चैत मसान्तसम्ममा पुँजी अनुपात कोष बढेको छ । समीक्षाअनुसार गत वर्ष ११.१४ प्रतिशत रहेको पूँजी अनुपात कोष चालु आवको सोही अवधिमा १२.४८ प्रतिशत पुगेको छ ।

त्यस्तै, बैंकको खराब कर्जा घटेको छ । गत वर्ष ०.२१ प्रतिशत खराब कर्जा रहेकोमा यो वर्ष ०.१७ प्रतिशतमा झरेको छ ।

बैंकको लागत भने बढेको छ । गत वर्ष ६.०९ प्रतिशत लागत रहेकोमा यो वर्षको सोही अवधिमा ८.५४ प्रतिशत पुगेको जनाएको छ ।
त्यसैगरी, चैत मसान्तसम्ममा सीडी रेसियो ८५.१३ प्रतिशत, बेसरेट १०.४४ प्रतिशत र ब्याजदर ४.२५ प्रतिशत कायम भएको छ ।

गत वर्ष सोही अवधिमा क्रमशः सिडी रेसियो ८५.१३ प्रतिशत, बेसरेट ८.०१ प्रतिशत र ब्याजदर ४.९२ प्रतिशत कायम भएको थियो ।


क्लिकमान्डु