नेकपा एसको घोषणापत्रः २०० युनिट विद्युत् र ५ हजार लिटर पानी निःशुल्क, फोहोरबाट बायोग्याँस



काठमाडौं । नेकपा एकीकृत समाजबादी पार्टीले स्थानीय निर्वाचनका लागि लक्षित गर्दै चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।

मंगलबार घोषणा सार्वजनिक गर्दै महानगर, उपमहानगर र नगरपालिकामा भएको घरसायी फोहोरको व्यवस्थापन गरी मोहर कमाउने गरी काम गर्ने प्रतिबद्धता जनाएको छ ।

जसमा कुहिने र नकुहिने फोहोर संकलन गरी सोही अनुसार ढुवानी गर्ने र निश्चित स्थानमा भण्डारण गर्नेका साथै त्यसबाट मल बनाउने र मल न्यूनतम मूल्यमा किसानहरुलाई उपलब्ध गराइने उल्लेख छ ।

साथै, फोहोरबाट बायोग्यास निकाल्ने प्लान्ट स्थापना गरिने समेत घोषणापत्रमा उल्लेख छ ।

साथै स्थानीय सरकारमार्फत् हरेक घर परिवारलाई वार्षिक रुपमा २०० युनिटसम्म विद्युत् महशुलमा छुट दिइने उल्लेख गरिएको छ ।

साथै, प्रत्येक घर परिवारलाई मासिक ५ हजार लिटर निःशुल्क पानी उपलब्ध गराइने समेत उल्लेख छ ।


क्लिकमान्डु