सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घट्यो



काठमाडौं । मंगलबार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको छ ।

सोमबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख २ हजार ५ सय रुपैयाँ कायम भएकोमा मंगलबार ४ सय रुपैयाँले घटेर १ लाख २ हजार १ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, सोमबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख २ हजार रुपैयाँ कायम भएकोमा मंगलबार १ लाख १ हजार ६ सय रुपैयाँ कायम भएको छ । साथै, सोमबार चाँदीको मूल्य प्रतितोला १४ सय २० रुपैयाँ कायम भएकोमा मंगलबार पनि सोही मूल्य कायम भएको छ ।


क्लिकमान्डु