खर्च जोगाउन २० % ले इन्धन सुविधा कटौती गर्ने सरकारको निर्णय



काठमाडौं । सरकारले खर्च जोगाउन २० प्रतिशतले इन्धन सुविधा कटौती गर्ने निर्णय गरेको छ ।

पछिल्लो समय व्यापारघाटा बढ्दै गएको तथा विदेशी सञ्चिती घट्दै गएको बेला सरकारले सुविधा दिने गरेको इन्धनलाई २० प्रतिशतले कटौती गर्ने निर्णय गरेको छ ।

सरकारले बजेटको प्रतिस्थापन विधेयकमा १० प्रतिशतले इन्धन तथा प्रशासनिक खर्चमा निर्णय गरेको थियो ।

सरकारी अनुसार इन्धन सुविधा पाउनेले अब २० प्रतिशत कम पाउनेछन् । अर्थमन्त्रालयले २० प्रतिशतले इन्धन बजेटमा जाने पैसा कटौती गर्ने निर्णय गरेको हो ।


क्लिकमान्डु