गभर्नर महाप्रसाद अधिकारीको रिट दर्ता



काठमाडौं । नेपाल राष्ट्र बैंकका महाप्रसाद अधिकारीले सर्वोच्च अदालतमा आइतकार दायर गरेको रिट सोमबार दर्ता भएको छ ।

सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार आफूलाई निलम्बन गर्ने सरकारको निर्णयविरुद्ध अधिकारीले दायर गरेको रिट सोमबार दर्ता भएको हो ।

गभर्नर अधिकारीले गत ११ दिनअघि सरकारले आफूलाई निलम्बन गर्दै जाँचबुँझ समिति गठन गरेको विरोधमा आइतबार सर्वोच्च अदालत पुगेका थिए ।

सरकारले गभर्नर अधिकारीलाई सरकारलाई असहयोग गरेकोलगायतका कारण देखाउँदै निलम्बन गरेको थियो । साथै, सर्वोच्च अदालतका पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको संयोजकत्वमा जाँचबुझ समिति समेत गठन गरेको थियो । समितिमा डा। सूर्य थापा र डा। चन्द्रकान्त पौडेल सदस्य छन् ।

नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २३ मा जाँचबुझ समिति गठन तथा काम, कर्तव्य अन्तर्गत सरकारले दफा २२ को उपदफा २ बमोजिम गभर्नरलाई पदमुक्त गर्नुअघि देहाय बमोजिमको जाँचबुझ समिति गठन गरी सो समितिको सिफारिसमा गभर्नरलाई पदमुक्त गर्ने व्यवस्था छ ।


क्लिकमान्डु