चार जनाविरुद्ध ४२ करोड बिगो र जरिवाना माग गर्दै मुद्दा दायर



काठमाडौं । राजस्व अनुसन्धान विभागले राजस्व चुहावट गरेको आरोपमा ४ जनाविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।

विभागले आइतबार ४२ करोड ४ लाख ७६ हजार ७४६ रुपैयाँ बिगो र जरिवाना माग गर्दै मुद्दा दायर गरेको हो ।

विभागका अनुसार रामेश्वर पण्डित भनिने रामेश्वर तिवारी, श्यामबहादुर श्रेष्ठ, मनोज साह कलवार, विष्णुप्रसाद घिमिरेका विरुद्ध मुद्दा दर्ता गरेको हो ।

उनीहरुले राजस्व चुहावट गर्ने उद्देश्यले भन्सार चोरी पैठारी गरी भारतीय कपडालगायतका मालवस्तुहरु काठमाडौं ल्याइ विना बिल विजक बिक्री वितरण गरी राजस्व चुहावट गरेको विभागको आरोाप छ ।


क्लिकमान्डु