चैतमा ७० हजार घरजग्गा किनबेच, ६ अर्ब राजस्व संकलन



uf]bfj/Lsf] Gofkfg] ufFp .

काठमाडौं । तरलता अभावमा पनि घरजग्गा कारोबारमा भने उत्साह देखिएको छ । भूमि, व्यवस्थापन तथा अभिलेख विभागका अनुसार चैत महिनामा करिब ७१ हजार हाराहारीमा घरजग्गा किनबेच भएको छ ।

तरलता अभाव नभएको समयमा पनि मासिक औसतमा ७० हजारको हाराहारीमा घरजग्गा कारोबार हुँदै आएको थियो ।
गत माघ महिनामा घरजग्गा किनबेचमा उल्लेख्य वृद्धि भएकोमा फागुन र चैतमा भने सामान्य अवस्थाको जस्तै कारोबार भएको हो ।

चैत महिनामा देशभरका मालपोत कार्यालयबाट १ लाख ५९ हजार २६४ सेवा प्रवाह हुँदा ७० हजार ८ सय ३० घरजग्गा किनबेच भएको ले जनाएको छ ।

गत फागुनमा महिनामा ७४ हजार ३६ घरजग्गाको किनबेच भएको थियो । जुन साउनपछिकै सबैभन्दा बढी किनबेच भएको थियो ।

चैत महिनामा देशभरका मालपोत कार्यालयबाट ७० हजार ८३० लिखत पारित हुँदा ६ हजार २८७ नामसारी, ४ हजार ४२३ संशोधन, ३५ हजार ३४० रोक्का, २३ हजार ४ सय फुकुवा र २ हजार ९४ दाखिला खारेज गरेको विभागको तथ्याङ्कले देखाउँदछ ।

चैत महिनामा सबैभन्दा बढी भूमिसुधार तथा मालपोत कार्यालय इनरुवा सुनसरीबाट भएको छ । हरेक महिना उच्च रुपमा कारोबार हुँदै आएको इनरुवा मालपोत कार्यालयबाट चैत महिनामा मात्रै ३५ सय २३ घरजग्गा किनबेच भएको छ ।

त्यस्तै, बेलबारी मोरङबाट २८ सय ३४, भद्रपुर झापाबाट २७ सय ६८, जनकपुरधाम धनुषामा २३ सय ७६, नेपालगञ्जबाट २२ सय ७१, ललितपुर लगनखेलबाट २ हजार ९६ र भक्तपुरबाट १९ सय ४९ घरजग्गा किनबेच भएको छ ।

काठमाडौंमा मात्रै करिब ९ हजार किनबेच
चैत महिना ७१ हजारको हाराहारीमा घरजग्गा किनबेच हुँदा चैत महिनामा करिब ९ हजार घरजग्गा उपत्यकामा मात्रै किनबेच भएको छ ।

विभागको तथ्याङ्कअनुसार फागुन महिनामा ५५ सय ३६ घरजग्गा किनबेच भएकोमा चैत महिनामा उच्च रुपमा किनबेच भएको छ । चैत महिनामा तीन वटा जिल्लाको मालपोत कार्यालयबाट ८ हजार ८५३ वटा घरजग्गाको किनबचे भएको छ ।

चैतमा महिनामा उपत्यकामा सबैभन्दा बढी ललितपुर मालपोत कार्यालयबाट किनबेच भएको छ । उक्त मालपोत कार्यालयबाट २ हजार ९६ वटा घरजग्गा किनबेच भएको विभागले जनाएको छ । त्यसैगरी, भक्तपुरबाट १९ सय ४९, कलंकीबाट १७ सय २४, साँखुबाट १ हजार ३८, चावहिलबाट ७ सय ५८, डिल्लिबजारबाट ३१५, टोखाबाट २९३, गोटीखेलबाट ४१ र मनमैजुबाट ६३९ वटा घरजग्गाको किनबेच भएको छ ।

करिब ६ अर्ब राजस्व संकलन
चैत महिनामा विभागले देशभरबाट करिब ६ अर्ब राजस्व संकलन गरेको छ । विभागका अनुसार चैत महिनमा देशभरको मालपोत कार्यालयबाट ५ अर्ब ७५ करोड ७४ लाख ८८ हजार राजस्व संकलन गरेको छ ।

सो महिना सेवा करवापत २३ करोड ६६ लाख ९२ हजार, बागमतीवापत १७ करोड ९० लाख ३९ हजार, रजिष्ट्रेशन दस्तुरबाट ३ अर्ब ४८ करोड ८७ लाख, पूँजीगत लाभ करवापत १ अर्ब ३० करोड र अन्य विभिन्न विधा सो राजस्व संकलन भएको हो ।

संकलित राजस्वमध्ये सबैभन्दा बढी लगनखेलबाट संकलन गरेको छ । जसमा लगनखेलबाट ५८ करोड ४५ लाख, कलंकीबाट ४० करोड ५० लाख, डिल्लिबजारबाट ३४ करोड ५० लाख, भक्तपुरबाट ३२ करोड ४० लाख, चावहिल ३० करोड ३६ लाख, मनमैजु १४ करोड ६८ लाख र काभ्रेपलाञ्चोकबाट १४ करोड ५ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।


क्लिकमान्डु