गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले कति दिन्छ ब्याज ?



काठमाडौं । गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले मुद्दती निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गरेको छ । फाइनान्सले वैशाख १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

फाइनान्सले क्रमिक मुद्दती निक्षेप, मुद्दती निक्षेप र बचत मुद्दती निक्षेप अन्र्तगत नयाँ ब्याजदर कायम गरेको हो । फाइनान्सले क्रमिक निक्षेपमा १ वर्ष र २ वर्षे अवधिका लागि त्रैमासिक ११.७१ प्रतिशत, वार्षिक ११.७१ प्रतिशत ब्याजदर दिने भएको छ । यस्तै, ५ र १० वर्षे अवधिका लागि त्रैमासिक ११.७१ र वार्षिक ११.७१ प्रतिशत ब्याजदर दर दिने भएको छ ।

बचत निक्षेप अन्तर्गत कर्मचारी बचतमा ७.२५ प्रतिशत, वृद्धवृद्धा-महिला-बाल बचत, बयो वृद्धवृद्धा बचत र रेमिट बचत, साधारण बचत, आश्वा बचत र प्रिभिलेज्ड बचतमा फाइनान्सले ७.२५ प्रतिशत ब्याजदर कायम गरेको छ । यस्तै, गुहेश्वरी सुपर बचतमा भने फाइनान्सले ७.२५ देखि ९.२५ प्रतिशत ब्याजदर लागू गरेको छ ।

मुद्दती निक्षेपमा ३ महिनासम्मको अवधिमा मासिक-त्रैमासिक-वार्षिक-परिपक्व अन्तर्गत फाइनान्सले क्रमशः ११.७१ प्रतिशत र १०.७१ प्रतिशत, ६ महिनादेखि ९ महिनासम्मको अवधिका लागि क्रमशः १२ प्रतिशत र ११ प्रतिशत, १२ महिनादेखि २३ महिनासम्म क्रमशः १२.१५ प्रतिशत र ११.२५ प्रतिशत र २४ महिनादेखि माथिका लागि क्रमशः१२.२५ र ११.२५ प्रतिशत ब्याजदर कायम गरेको छ ।

यस्तै, फाइनान्सले बैंकिङ्ग प्रणालीबाट प्राप्त हुने रकमको निक्षेप(मुद्दती एंव बचत खाता)मा प्रकाशित ब्याजदरमा १ प्रतिशत बिन्दु थप प्रदान गरिने जनाएको छ ।


क्लिकमान्डु