बिन्ध्यबासिनी हाइड्रोपावरले आइपीओ निष्काशन गर्ने, कुन जिल्लाका स्थानीयले दिन पाउँछन् आवेदन ?



काठमाडौं । बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले वैशाख ११ देखि आयोजना प्रभावित स्थानीय बासिन्दालाई साधारण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ ।

कम्पनीले आयोजना प्रभावित कास्की जिल्लाका स्थानीयलाई १० लाख कित्ता सेयर निष्काशन गर्ने भएको हो । कम्पनीका अनुसार आयोजनाको मुख्य संरचना क्षेत्र भित्र पर्ने लमजुङ्ग जिल्लाको क्व्होलासोथार गाउँपालिका- ५, ६ र ७ तथा कास्की जिल्लाको मादी गाउँपालिका-८ र ९ का स्थानिय बासिन्दाहरुका लागि ७ लाख कित्ता र ३ लाख कित्ता लमजुङ्ग जिल्लाको आयोजनाको मुख्य संरचना जोडिएका क्व्होलासोथार गाउँपालिका तथा कास्की जिल्लाको मादी गाउँपालिकाका सबै वडाका स्थानियलाई निष्काशन गर्ने भएको छ ।

स्थानीयले उक्त आइपीओमा बैशाख २५ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त अवधिमा माग अनुसार आवेदन नपरेको खन्डमा जेठ ९ गतेसम्म आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ ।

स्थानीय बासिन्दाले आइपीओमा आवेदन दिँदा सानिमा बैंकको विरौटा, पोखरा शाखा, सिभिल बैंकको मालिङ्ग, कामना सेवा विकास बैंकको कास्की, बेसिशहर शाखा, पोखरा फाइनान्सको बेसिशहर शाखाबाट दिन सकिने छ । यस्तै धितोपत्र बोर्डबाट सी-आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सकिने छ । आयोजना प्रभावितले निष्काशन गरेपनि सर्वसाधारणलाई आइपीओ निष्काशन गर्ने कम्पनीले जनाएको छ ।


क्लिकमान्डु