५२ खर्ब रुपैयाँमा ट्वीटर किन्ने एलन मस्कको घोषणा



टेस्लाका संस्थापक एलन मस्कले ट्विटर इन्कलाई ४३ अर्ब डलर(करिब साढे ५२ खर्ब नेपाली रुपैयाँ)मा खरिद गर्ने प्रस्ताव गरेका छन् ।
उनले प्रति इकाइ सेयर ५४.२० डलरमा किन्ने प्रस्ताव गरेका हुन् ।

मस्कले युएस सेक्युरिटीज एण्ड एक्सचेन्ज कमिसनमा ट्वीटरको सेयर किन्न इच्छुक रहेको भन्दै लिखित जानकारी पठाएका हुन् ।

उनले अफर गरेको रकम नेपाली अर्थतन्त्रको आकारभन्दा बढी हो ।

ट्विटरलाई निजी कम्पनीमा परिणत गर्न आवश्यक रहेको भन्दै उनले अभिव्यक्ति स्वतन्त्रमा जोड दिने बताए ।

‘मैले ट्वीटरमा लगानी गरें किनभने मलाई विश्वास छ कि यसमा अभिव्यक्ति स्वतन्त्रताको विश्वव्यापी प्लेटफर्म बन्ने सम्भावना छ,’मस्कले भने । मस्कले हालै मात्र ट्वीटरको ९.२ प्रतिशत हिस्सा सेयर किनेका छन् ।

मस्क अहिले ट्वीटरको सबैभन्दा ठूलो सेयरधनी हुन् । ट्वीटरले सन् २०२१ मा ५ अर्ब अमेरिकी डलरको व्यापार गरेको थियो । यसको अहिले ३३ करोडभन्दा बढी प्रयोगकर्ता छन् । ट्वीटरको सेयर किनेपछि मस्कले उनले इडिट अप्सन राख्ने सकिने संकेत गरेका थिए ।


क्लिकमान्डु