एनआईसी एशिया क्यापिटलको नयाँ वर्ष अफरः डिम्याट, मेरो सेयर नि:शुल्क, एक वर्षको नवीकरणमा छुट



काठमाडौं । नयाँ वर्ष २०७९ सालको अवसरमा एनआईसी एशिया क्यापिटलले नयाँ वर्ष २०७९ सालको अवसरमा सेवाग्राहीलाई अफर ल्याएको छ ।

एनआईसी एशिया क्यापिटल, एनआईसी एशिया क्यापिटलको शाखा कार्यालयहरु, एनआईसी एशिया अनलाईन डिम्याट सेवा र एन आई सी एशिया बैंकको सम्पूर्ण शाखा कार्यालयहरुबा आजदेखि असार मसान्तसम्म निःशुल्क रुपमा डिम्याट खाता तथा मेरो शेयर खाता खोल्न सकिने छ । साथै पहिलो वर्षको डिम्याट खाता संचालन शुल्क छुट दिने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ ।

क्यापिटलले विगतका वर्ष देखि नै ‘एक नेपाली, एक डिम्याट’ खाता अभियान अन्तर्गत ग्राहकहरुलाई विभिन्न छुट सहित सहज, सरल र उच्च कोटिको ग्राहकमूखी सेवा उपलब्ध गराई रहेको जनाउको छ । २०७९ सालको अवसरमा उक्त ‘एक नेपाली, एक डिम्याट खाता’ सहित पूँजी बजार साक्षरता कार्यक्रमलाई देशव्यपी रुपमा संचालन गर्न लागेको जनाएको छ ।


क्लिकमान्डु