अनुमति नलिई तेजाब बिक्री गरे १ लाख रुपैयाँ जरिवाना



काठमाडौं । सरकारले तेजाब तथा अन्य घातक रासायनिक वस्तुको अनुमति नलिई बिक्री वितरण गरेमा १० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना गर्ने भएको छ ।

सरकारले तेजाव तथा अन्य घातक रासायनिक पदार्थको नियमनका सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश राजपत्रमा प्रकाशित गरी सो जरिवाना गर्ने जनाएको हो ।

सरकारले जरिवानासहित जेल सजायको पनि व्यवस्था गरेको छ । सरकारले तेजाबलगायत अन्य रासायनिक पदार्थको उत्पादन निकासी, पैठरी तथा बिक्री वितरणमा गरेमा ५० हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म जरिवाना र ३ महिनादेखि १ वर्षको सजायको व्यवस्था गरेको छ ।

राजपत्रअनुसा अनुमतिपत्र प्राप्त व्यक्तिले सरकारले तोकेको सर्त पालना नगरेमा १० हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म जरिवाना वा १ महिना वा दुबै सजाय हुनेछ ।

त्यस्तै, अनुमतिपत्र प्राप्त व्यक्तिले बट्टा, प्याकेट वा बोतलको प्याकेजिङ गर्दा लेबलको बाहिरी भागमा उल्लखे गर्नुपर्ने चेतनामूलक सन्दैश र खतरा जनाउने चित्र उल्लेख नगरेमा ५० हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म जरिवाना र ३ महिना कैदा दुबैको सजाय हुने जनाएको छ ।

साथै, सरकारले दफा २३ को खण्ड (घ), (ङ) वा (च) बमोजिमको कसूर गरेमा १० हजार रुपैयाँदेखि ४० हजार रुपैयाँसम्म जरिवाना हुनेछ ।


क्लिकमान्डु