सुनको मूल्य प्रतितोला १ लाख १ हजार ५ सय रुपैयाँ पुग्यो



काठमाडौं । बुधबार सुनको मूल्य प्रतितोला १ लाख १ हजार ५ सय रुपैयाँ पुगेको छ ।

मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ९ सय रुपैयाँ कायम भएकोमा बुधबार ६ सय रुपैयाँले बढेर १ लाख १ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, मंगलबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४ सय रुपैयाँ कायम भएकोमा बुधबार १ लाख १ हजार रुपैयाँ कायम भएको छ । साथै, मंगलबार चाँदीको मूल्य प्रतितोला १३ सय ८० रुपैयाँ कायम भएकोमा बुधबार २० रुपैयाँले बढेर १४ सय रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु