प्रत्यक्ष वैदेशिक लगानी ६० प्रतिशतले बढ्यो



काठमाडौं । चालु आवको फागुन महिनासम्ममा प्रत्यक्ष वैदेशिक लगानी ६० प्रतिशतले बढेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार फागुन मसान्तसम्म कुल प्रत्यक्ष वैदेशिक लगानी १६ अर्ब ३० करोड रुपैयाँ पुगेको छ । जबकी अघिल्लो वर्षको सोही अवधिमा यस्तो लगानी १० अर्ब १८ करोड रुपैयाँ थियो ।

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ४१.२ प्रतिशतले कमी आई रु.७ अर्ब कायम भएको छ अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु.११ अर्ब ९१ करोड रुपैयाँ थियो ।


क्लिकमान्डु