२ जलविद्युत कम्पनीले पाए आइपीओ निष्काशन गर्ने अनुमति



काठमाडौं । दुई वटा कम्पनीलाई धितोपत्र बोर्डले साधारण सेयर (आइपीओ) निष्काशन गर्न अनुमति दिएको छ ।

बोर्डले बिन्धाबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र दोर्दी खोला जलविद्युत् कम्पनीलाई आइपीओ निष्काशन गर्न अनुमति दिएको हो ।

कम्पनीले बिन्धाबासिनी हाईड्रोपावर डेभलपमेन्ट कम्पनीलाई २५ करोड रुपैयाँको २५ लाख कित्ता आइपीओ निष्काशन गर्न अनुमति दिएको हो । कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई उक्त सेयर निष्काशन गर्ने अनुमति पाएको हो । यसको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ ।

यस्तै बोर्डले दोर्दी खोला जलविद्युत् कम्पनीलाई पनि आइपीओ निष्काशन गर्न अनुमति दिएको छ । कम्पनीले २९ करोड ५१ लाख ९२ हजार ९०० रूपैयाँ २९ लाख ५१ हजार ९२९ रुपैयाँको आइपीओ निष्काशन गर्न अनुमति पाएको छ ।

कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि उक्त सेयर निष्काशन गर्न लागेको हो । यसको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।


क्लिकमान्डु