चन्द्रागिरि हिल्सका महाप्रबन्धक शाहले दिए राजीनामा, अब पर्यटन क्षेत्रमै आफैं केही गर्ने



काठमाडौं । चन्द्रागिरि हिल्सका महाप्रबन्धक अभिषेक बिक्रम शाहले राजीनामा दिएका छन् । कम्पनी स्थापनाकालदेखि नै महाप्रबन्धकको जिम्मेवारी सम्हालेका शाहले व्यक्तिगत कारणले राजीनामा दिएको क्लिनमाण्डूलाई जानकारी दिए ।

‘स्थापनाकालदेखि अहिलेसम्म महाप्रबन्धकको जिम्मेवारी पूरा गरे, अब पर्यटन क्षेत्रमै आफै केही गर्ने योजनासहित बाहिरिने निर्णय गरेको छु,’ उनले भने ।

शाहले चैत ३० गतेदेखि लागू हुने गरी राजीनामा दिएको र सञ्चालक समितिले राजीनामा स्वीकृत गरिसकेको छ ।

सञ्चालक समितिले नयाँ महाप्रबन्धकमा सञ्जीव थापालाई नियुक्त गरेको छ ।


क्लिकमान्डु