उद्योग वाणिज्य महासंघको महानिर्देशकमा गोकर्ण अवस्थी



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको महानिर्देशकमा गोकर्ण अवस्थी नियुक्त भएका छन् ।

उनी महासंघमा पछिल्लो डेढवर्षदेखि नायब महानिर्देशक पदमा कार्यरत थिए ।

महासंघ अध्यक्ष गोल्छाले अवस्थीलाई महानिर्देशकमा नियुक्त गरेका हुन् ।

दुई दशकभन्दा बढी सक्रिय आर्थिक पत्रकारिता गरेका अवस्थीले आर्थिक पत्रकारहरुको संस्था आर्थिक पत्रकार समाज(सेजन)का पूर्व अध्यक्ष हुन् । अवस्थीसँग सयुक्त राष्ट्र संघमा समेत काम गरेको अनुभव छ ।


क्लिकमान्डु