गाडी तथा चकलेट सहितका वस्तुको एलसी नखोल्ने बैकर्स संघको निर्णय



काठमाडौं । नेपाल बैकर्स संघले नेपाल राष्ट्र बैंकले नगद मार्जिन तोकेका ४७ समुहका वस्तुको एलसी नखुलाउने निर्णय गरेको छ ।

संघको आइतबारको बैठकले नेपाल राष्ट्र बैंकले आयात गर्दा नगद मार्जिन राख्नुपर्ने वस्तुको एलसी नखुलाउने निर्णय गरेको हो ।

राष्ट्र बैंकले गत सोमबार बैंकका सीइओलाई बोलाएर गाडी सहितका बिलासिताको वस्तुको एलसी रोक्न निर्देशन दिएको थियो ।

बैकर्स संघले नगद मार्जिन तोकेका चिनी, चकलेट, चुइगम, इनर्जी ड्रिङ्क, चुरोट, अत्तर, शृङ्गारका सामाग्री, स्याम्पु, कपालमा लगाउने तेल, काठका सामग्री र फर्निचर, जुत्ता, टोपी, छाता, कृत्रिम फूल, मार्बल, ट्वाइलेट र भान्छाकोठाका सामाग्री, चाँदी, फलामका फर्निचर, प्लास्टिकका फर्निचर तथा गाडी तथा मोटरसाइकलको आयातको एलसी खोल्ने छैन ।

‘नगद मार्जिन तोकिएका वस्तुको एलसी नखोल्ने निर्णय भएको छ,’संघका एक सदस्यले भने ।


क्लिकमान्डु