व्यक्तिगत रुपमा यी देशमा वैदेशिक रोजगारीमा जाँदा स्वघोषणा- पत्र अनिवार्य



काठमाडौं । वैदेशिक रोजगार विभागले व्यक्तिगत श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जाने प्रक्रियालाई व्यवस्थित गर्ने उद्देश्यले विभिन्न देशमा जाँदा स्वघोषणा–पत्र अनिवार्य गरेको छ ।

विभागले वैदेशिक रोजगारीको नाममा भिजिट भिसामा गएका एवं व्यक्तिगत श्रम स्वीकृति लिई रोजगारीमा जाने अधिकांश व्यक्तिहरू अलपत्र पर्ने, ठगिने, बढी रकम तिर्न बाध्य पारिने जस्ता प्रवृत्ति देखिएकाले स्वघोषणा–पत्र अनिवार्य गरिएको हो ।

विभागका महानिर्देशक शेषनारायण पौडेलले उक्त नियम आगामी वैशाख १ गतेबाट लागू हुने बताए ।

विभागले ‘व्यक्तिगत श्रम स्वीकृति लिने प्रक्रिया सम्बन्धी निर्देशिका–२०६९’ को दफा ३ मा उल्लेख भए बमोजिम प्रमाणीकरणको प्रक्रिया अपनाउनुपर्ने जानकारी दिए ।

विभागले हाल साउदी अरेबिया, कतार, कुवेत र संयुक्त अरब इमिरेट्स रहेकोमा आगामी वैशाखदेखि क्रोसिया, अल्बानिया, पोल्यान्ड, रोमनिया, स्लोभाकिया र बेलारुश देशहरूमा व्यक्तिगत श्रम स्वीकृति .लिँदा तोकिएको स्वघोषणा पत्र अनिवार्य रुपमा भर्नुपर्ने जनाएको छ ।

आगामी वैशाखबाट उक्त देशमा व्यक्तिगत श्रम स्वीकृति लिँदा राहदानीको प्रतिलिपि, सम्बन्धित सरकारबाट जारी भउको प्रवेशाज्ञाको प्रतिलिपि, रोजगारका सेवा, शर्त, सुविधा र तलब (पारिश्रमिक) स्पष्ट भएको करार वा सम्झौतापत्रको प्रतिलिपि, रोजगारदाताकाृे इजाजत दर्ता प्रमाणपत्रको प्रतिलिपि वा स्पोन्सरको परिचयपत्रको प्रतिलिपि, रोजगारदाता कम्पनीको ट्रेड लाइसेन्सको प्रतिलिपि वा निजी कामदारको हकमा रोजगारदाताको राहदानीको प्रतिलिपि, संख्यामा जाने कामदारको हकमा कम्पनीको संक्षिप्त विवरण र गन्तव्य मुलुकको सरकारले रोजगादाता संस्थालार्य वा स्पोन्सरलाई दिएको स्वीकृतिपत्र अनिवार्य हुनुपर्ने उल्लेख गरेको छ ।


क्लिकमान्डु