अर्थमन्त्री शर्माले राष्ट्र बैंकका सञ्चालकलाई लगाए घुस मागेको आरोप



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपाल राष्ट्र बैंकका सञ्चालकलाई घुष मागेको आरोप लगाएका छन् ।

राष्ट्र बैंकले गरेको वित्त तथा आर्थिक सम्मेलनको उद्घाटन गर्दै अर्थमन्त्री शर्माले विदेशबाट आएको पैसा फुकुवा गर्न राष्ट्र बैंकले सञ्चालकले घुष मागेको आरोप लगाएका हुन् ।

अछामका व्यवसायी पृथ्वी शाहको पैसा फुकुवा गर्ने विषयमा अर्थमन्त्री शर्मा जोडिएका छन् । उनले सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागलाई पैसा फुकुवा गर्न दवाव दिएको आरोप छ । पैसा ल्याएका शाहले राष्ट्र बैंकका कर्मचारीलाई घुष नदिएको कारण आफ्नो पैसा रोकिएको पत्रकार सम्मेलनमा बताएका थिए ।

‘राष्ट्र बैंकको एउटा सञ्चालकले बार्गेनिङ गरेको सुनिएको छ, ३० हजार हजार डलर चाहियो भनेर बार्गेनिङ गरेको कुरा आएकोछ,’अर्थमन्त्री शर्माले भने ।

शर्माले शाहको पैसा खुलाउनको लागि अनुरोध गरेको पत्र मिडियामा सार्वजनिक गरेको समेत गभर्नरसँग असन्तुष्टी व्यक्त गरे ।
नेपाल राष्ट्र बैंकमा ७ सदस्य सञ्चालक समिति हुने व्यवस्था छ ।

राष्ट्र बैंकको सञ्चालक समितिको अध्यक्ष गभर्नर महाप्रसाद अधिकारी हुन् । पदेन सञ्चालकमा दुईजना डेपुटी गभर्नर निलम ढुंगाना र बमबहादुर मिश्र छन् । अर्थसचिव मधु मरासिनीपनि पदेन सञ्चालक हुने व्यवस्था छ । सरकारले रामजी रेग्मी,श्रीराम पौडेल र सुवोदकुमार कर्णलाई सञ्चालकमा नियुक्त गरेको छ ।


क्लिकमान्डु